Tuesday, August 20, 2013












1.आफै कै जान्दीन यार !

कति कुरो सिकाउनु हौ ? आफै कै जान्दीन यार॥
आफु त लौ जानिन जानिन, भन्दा पनि मान्दिन यार॥

 खोज्दै छे अरे यत्तै कत्तै,यौटा राम्रो केटो
यस्लाई उसलाई तेस्लाई छान्छे मलाई किन छान्दीन यार॥

चिन्ता लाग्छ होला, बिल धेरै उठ्दो हो
फोन त गरिन गरिन लौ Mis-call  पनि हान्दिन यार॥

 आफु यहाँ  कवितामा, उस्कै तारीफ गरि बस्छु
 तर ऊ चै मलाई कैले आफ्नो प्रेमी ठान्दीन यार॥

साथीभाई दाजुहरू, जिस्काउछन मलाई
भन्छन सबै- " यस्ताले त घर ब्याबहार धान्दिन यार"॥





2.झुपडिको बास रैछ

महल भनेर भन्थ्यो मलाइ झुपडिको बास रैछ॥
तै झुप्रोमा मलाई राख्ने उस्को मिठो आश रैछ ॥

भित्ता हेर्छु भत्केका छन्, छाना उस्तै गरिबीको
गफै मात्र ठुला कुरा गरीबीको दास रैछ॥

गलाभरी सुनको हार, दिन्छु भन्यो उपहार
 देला कि त भनी ठानेँ तर कुरो खास रैछ॥

गाँजा भाँङ बियर सबै, उसका प्रिय नातेदार
काम धन्दा फीट्टु छैन मान्छे त ऊ लास रैछ॥

कुरा गर्थ्यो मिठा मिठा, दार्शनीक झै सोची सोची
 Phd त गरेँ भन्थ्यो आठ कक्षा पो पास रैछ॥





3.सोधे हुन्छ रीतालाई

तिमी बाहेक छैन कोही सोधे हुन्छ रीतालाई॥
साची राखेँ यो दिल मेरो दिइनँ कुनै गीतालाई॥

तिमि आउँछौ भन्ने आश, भित्री मनमा छँदै थियो
तेसैले त आजसम्म आँखा लाइनँ सीतालाई॥

तिम्रा अघि स्वर्गका ,अप्सरा लाग्छ फिक्का
तिम्रै तारीफ गरि दिन्थेँ, दिक्क लाग्थ्यो रचितालाई॥

तिम्रै यादमा तड्पीएरै, आधा ज्यान सुक्यो
हातै जोडी बिन्ती गर्थी तर छाडेँ मनितालाई॥

 तिमी मान या नमान, तिमै हुँ म प्रिय
तिम्लाई देख्दा बिर्सीसकेँ पल्लाघरे सबितालाई॥




4.चिठ्ठी पठाउन सक्दीनँ

लेख्छु चिठ्ठी तिम्लाई तर पठाउन सक्दीनँ -म॥
मुटु भरि माया तिमै घटाउन सक्दीनँ म ॥
पीडा हुन्छ दुख्छ मन, अरुले तिम्लाई जिस्काउँदा
 दुब्लो छु म ति तिघ्रेलाई ठटाउन सक्दीनँ म॥

टाठो बाठो तडक भडक ,क्याम्पस टप खोज्दी हौ
नजान्ने छु just pass  भन्दा कटाउन सक्दीनँ म॥

खराब छ जमाना, तिम्रै चिन्ता लाग्छ मलाई
 हेरचाह गर्ने मान्छे कोही खटाउन सक्दीनँ म॥

मन त लाग्छ आजै ऐले ,सिन्दुर हाली लैजाऊ घर
घरमा भाकी जेठी बुढी हटाउन सक्दीनँ म॥






5. मुटु चर्काउछौ किन?

काँच जस्तो मुटु मेरो चर्काउँछौ कीन ??
सेकुवा हैन मुटु हो यो झर्काउँछौ कीन ??

कति जानु रेष्टुरेन्टमा, घरमै खाए हुन्न
"जाने हो कि हैन भनि थर्काउँछौ कीन ??

हजार ओटा आँखा हुन्छन, फुलमाथि नजर गाड्ने
हिड्दा पनि कम्मर तिमी मर्काउँछौ कीन ??

 को चैँ रैछ यति राती, तिम्लाई फोन गर्ने
Wrong नम्बर भन्छौ फेरी फर्काउँछौ कीन ??





6.रामका कुरा गर
कुरा नगर रावणका रामका कुरा गर॥
कति गर्छौ ठट्टै मात्र अब कामका कुरा गर॥

जवानीले छाडेन है, तिम्लाई यो बुढेसकालमा
 कुरा नगर तरूनीका धामका कुरा गर॥

 यसै त काठमांडुमा ,मुटु काम्ने जाडो छ
कुरा नगर हुस्सुका घामका कुरा गर॥

को चै छ र दुख कष्ट ,महङ्गीमा नपिल्सीने
कुरा नगर यस्को तेस्को तमामका कुरा गर॥

अझै पनि मान्छेभित्र, ईश्वरको बास छ
 कुरा नगर शहरका गामका कुरा गर॥



7.जबसम्म सास हुन्छ

जबसम्म सास हुन्छ तबसम्म आश हुँदो रैछ॥
सानो तिनो झुपडीमै गरीबको बास हुँदो रैछ॥

लाटोलाई मात्र हो, गाह्रो हुने परीक्षामा
बाठो त चोरी चोरी पास हुँदो रैछ॥

 चिन्न सक्नुपर्छ बुझ्यौ ,को नेता कस्ता छन्
नचिनेर भोट हाल्दा सबै सत्यानाश हुँदो रैछ॥

म सधैँ गम खान्थेँ, नेता किन बिक्छन्
 भित्र भित्रै डलरको कुरो खास हुँदो रैछ॥

कामधन्दा छैन मेरो, तेसैले त ढुक्क छु
 जागिरे त हाकिमको दास  हुँदो रैछ॥





8.बालै भएन

रङ दल्दा दल्दा थाकेँ तर केश कालै भएन॥
सेत्तै पाल्छु केको टेनसन बालै भएन॥

मेरै अगि साथिहरूले, पन्चे बाजा ठोके
तर मलाई जुर्ने त्यस्तो कुनै सालै भएन॥

 हुनलाई त  थीई यौटी, मरिहत्ते गर्थी
हावा चल्दा ढल्छे जस्ती पाक्क पुक्क गालै भएन॥

जीब्रो पड्काई, आँखा झिम्काइ, चल्दो रैछ कलेजमा
आफु परेँ सोझो मोरो दुई नम्बरी चालै भएन॥



9.चोट धेरै भो

कति सहनु जनताले चोट धेरै भो ॥
देश हाँक्ने मर्दहरूमा खोट धेरै भो ॥

काँटछाँट गर्नुपर्छ एक एक गर्दै अब
 राजनितिको फुलबारीमा बोट धेरै भो ॥

गल्ती भो एक चोटी मान्छे नचिनेर
 दुष्ट पापी नीचलाई भोट धेरै भो ॥
झुपडि मै बास छ सोझासाझा निमुखाको
 सिँहदरबार भित्र छिर्ने कोट धेरै भो ॥







10.मलाइ पनि जवानीमा


मलाइ पनि जवानीमा यस्तै बैश आको थियो॥
आफ्नो मान्छे कोइ नहुँदा कस्तो कस्तो भाको थियो॥

मसँगै का साथिहरू जोडि बाँधि हीड्थे
 आफु एक्लै हुँदा मन कुटु कुटु खाको थियो॥

माथ्ला घरकी डल्ली सुत्केरी हुँदा  खेरी
 मेरै करतुत भन्ने हल्ला बजार भरी छाको थियो॥

म जस्तो सोझोलाई फसाऊन खोज्ने को ?
 त्यो करतुत मेरो हैन पल्ला घरे बाको थियो॥




11.माया लाइदो रैछ

थाहै नपाई  कत्ती बेला माइदो रैछ॥
चन्द्र तारा झारिदिने कसम खाइदो रैछ॥

 हुन त गायक जस्तो मिठो छैन यो स्वर
  तर पनि तिम्लाई सम्झी गीत गाँइदो रैछ॥

 सकिदैन शब्दले पिरतीको बयान गर्न कस्तो कस्तो अचम्मको आभास पाइदो रैछ॥

भन्नलाई त भन्छु म तिम्रा तिर आउदिनँ
 तर पनि कसो कसो यत्तै आइदो रैछ॥



12.माया लाउनै पाईएन यार


पोहोर यस्तै तेस्तै भो माया लाउनै पाईएन यार ॥
पिरतीका यौटा पनि गीत गाउनै पाईएन यार ॥

यति राम्री राम्री यहाँ अप्सराको भिड रैछ
आफु आफ्नो काममै ब्यस्त कलेज आउनै पाईएन यार ॥

 आफु परेछु सोझो मोरो लप्पन छप्पन नजान्ने
कैलाश डाँडा पशुपती कत्तै धाउनै पाईएन यार ॥




13.पैसा भए गोजी भरि 

पैसा भए गोजी भरि माया यसै पाईन्छ हजुर॥
जता छ गन्ध यसको कसम उत्तै खाईन्छ हजुर॥

मिठा कुरा गरु भन्यो देख्छन् की आफन्तले
 यसो CAFE छिरौँ भन्दा दुई चार हजार चाईन्छ हजुर॥

 झन्झट हुन्न खोजी हिड्ने हाम्रा निम्ती लाईन तैयार
 हुनुपर्छ cash amount बजार भरी छाईन्छ हजुर॥





14. मान्छे काली छ

नराम्री त हैन हौ मान्छे काली छ ॥
नजर फ्याकी यसो हेरेँ सिउदो खाली छ ॥ 
गोरेटोमा हिड्दै थेँ  हेराहेर सुरू भो
 बसौँ बरु बात मारौँ छेउ मै आली छ ॥

तिमि भन्छौ भने ऐले लान तैयार छु
 पोहोर गरे दाइले बिहे अब मेरै पाली छ ॥

 दुख सुख यस्तै हो राम्रो मिठो पाउछौ खान 
हाम्रो घरमा मेरै हाली मुहाली छ ॥

यति तारिफ गरिसकेँ त्यो सौन्दर्यको
 मैले नछ कुनै प्रतिक्रिया न त ताली छ 




15.यौटी राम्री साली हुनैपर्छ 

फुलबारिमा गोडमेल गर्न यौटा माली हुनैपर्छ ॥
ससुराली जाऊँ जाऊँ लाग्न यौटी राम्री साली हुनैपर्छ ॥

हेर्दाहेर्दै मङसीर गयो माघ छीट्टै आउदैछ 
पोहोर गरे दाइले बिहे अब मेरी पाली हुनैपर्छ ॥

 हुन आजभोली सबै टाठा बाठा छन्
तर पनि चलाख हुन पुर्बकै झाली हुनैपर्छ ॥

आँए, हसाएँ, ढङ्ख सङ्ग नभए नि
 जाँदा जाँदै मेरा निम्ती गडगडाहट ताली हुनैपर्छ











तपाईंलाई मेरा गजलहरू कस्तो लाग्यो त ? प्रतिकृयाका यहाँ click गरी पठाउन सक्नु हुन्छ >>https://www.facebook.com/niraksharniraula.shankar 




No comments:

Post a Comment